Aamsanchar

बम विष्फोट गराउनेलाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौंः

nepali-student

विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन्।

बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विद्यालयमा बम आतंक फैल्याउने अर्थात मंगलबार भएका घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे।

शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो। सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे।

बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरे। बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुखद भएको टिप्पणी गरे।

केसीले आगामी दिनमा राज्यले यस्ता घटना नियन्त्रण नगरिए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए। एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए।

राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको भनाई छ।

कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले मंगलबार घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिए।

विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन्।

बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विद्यालयमा बम आतंक फैल्याउने अर्थात मंगलबार भएका घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर