Aamsanchar

९० हजार भुटानी शरणार्थी अमेरिकामा

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ :

Bhutnese-refugee-57e10b935e2675.42037009

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई मंगलबार विदाइ गरेका छन्।

अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट बुधबार प्रस्थान गर्दै छन्। राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गरेका थिए। सो कार्यक्रम अब समापनको नजिक पुगेको छ ।

“नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक शरणार्थीहरूलाई आतिथ्य सत्कार प्रदान गर्दै आएका छन् र भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास हालैका वर्षहरूमा अत्यधिक सफल शरणार्थी व्यवस्थापन विधिमध्ये एक बनेको छ,” उनले भने। । “तर यो बृहत् पुनर्वास कार्यक्रम समापन हुनै लागेको छ । स्वदेश फर्कन चाहने शरणार्थीहरूलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भए तापनि नेपालमै बाँकी रहने शरणार्थीहरूका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्त्वपूर्ण छ ।”

अमेरिकी दूतावासमा आयोजित समारोहमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसरका आशाका बारेमा बताउनुभयो । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेपलेट्जलाई ठटालको बिदाइमा साथ दिएका थिए। संयुक्त राज्य अमेरिकामा ९०,००० भुटानी शरणार्थी पुगेसँगै तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीहरूको कुल सङ्ख्या १ लाख ५ हजार पुगेको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आईओएम तथा अष्ट्रेलिया, क्‍यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर