Aamsanchar

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने

Author Image
मङ्गलवार, असोज ४, २०७३

सोलुखुम्बु।

upendra

सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पनि मधेस समस्या उहाँबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

अध्यक्ष यादबले मधेसी नागरिकको समस्या समाधान गर्नु बर्तमान सरकारको पहिलो प्राथामिकता रहेको बताउँदै त्यसका लागि अहिलेसम्म संविधान संशोधनका प्रक्रिया सुरु नहुँदा मधेसी नागरिकमा नैराश्यता छाएको भएपनि अन्ततः यही सरकारले संविधान संशोधन गरी मधेसीको हकअधिकार सुरक्षित गर्ने बिचार व्यक्त गर्नुभयो ।

संविधानमा संशोधन गरी मधेसको समस्या समाधान नभएसम्म मुलुकमा चुनावको प्रक्रिया सुरु हुनै नसक्ने पनि उहाँले दावी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर