Aamsanchar

कुकुरले टोकेका दुई जनाको मृत्यु

Author Image
बुधवार, असोज ५, २०७३

रोल्पाः

why-dogs-bite-57e12eb14284a7.01056513

कुकुरले टोकेका रोल्पाका दुई जनाको मृत्यु भएको छ । सिर्प ५ सिमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगरको मृत्यु भएको हो ।

भदौ ९ गते सोही गाउँका श्यामे पुनमगरको घरपालुवा कुकुरले गाउँलेलाई टोकेको थियो । स्थानीय नेमबहादुर खड्का अनुसार एकै दिन गाउँका ६ महिलासहित ११ पुरुष र ६ वटा चौपायलाई टोकेको थियो ।

वहुला कुकुरले टोकेपछि घाइते केहीले सुलिचौर रुइनिबाङस्थित नेशनल मेडिकलमा रेविजवरुद्धको भ्याक्सिन लगाएको घाइते बताउछन् । घाइते केहीले सोही मेडिकलबाट भ्याक्सिन मगाएर गाउँकै क्लिनिकमा लगाएका छन् ।

गाउँलेलाई टोक्ने कुकुरलाई गाउँलेले उसैबेला मारेका थिए । घटनाबारे प्रहरीलाई जानकारी नगराएका गाउँलेको कुकुर धनीले नै घाइतेले लगाउने भ्याक्सिन र उपचार खर्च व्यहोर्ने निर्णय गरेका थिए ।

भ्याक्सिन लगाए पनि घाइते मर्न थालेपछि गाउँले पुरै त्राहीमाम बनेका छन् । करे पुनमगरको मंगलबार घरमै मृत्यु भएको हो । उनको छातीमा टोकेको थियो ।

घाँटीमा टोकेर घाइते हिराको असोज २ गते वुटवल उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । नेशनल मेडिकलबाट नै थप उपचारको लागि उनलाई बुटवल रेफर गरेको थियो । रेविजविरुद्धको पाँच सुई लगाई सकेका उनले १ सुई मात्र लगाउन बाँकी रहेको गाउँलेले बताए ।

स्तनमा टोकेर घाइते सोबी घर्ती विरामी अवस्थामा छिन् । स्थानीय समाजसेवी समेत रहेका खड्काका अनुसार घाइतेले मुखबाट ¥याल छाड्ने, शरीर काम्ने र हुक्कहुक्क आवाज निकाल्ने गरेपछि मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)