Aamsanchar

झाडापखालाको प्रकोप

Author Image
बुधवार, असोज ५, २०७३

राजविराजः

diarrhea-affected-57da7f48b10de1.21518361

सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

सुरुमा वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिएको छ । हालसम्म ५० जना भन्दा बढी झाडापखालाबाट सिकिस्त बिरामी फेला परेका छन् । जसमा अधिकांश बालबालिका र महिला छन् ।

झाडापखाला अनियन्त्रित भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ । बिरामीको संख्या बढेपछि र रोकथाम नभएपछि विरामी सदरमुकाम राजविराजस्थित अञ्चल अस्पताल भर्ना हुन थालेका छन् ।

अस्पतालमा सत्तोदेवी मण्डल र उनकी छोरी कविता, रासखियादेवी मण्डल, उनकी बुहारी फुलकुमारी र नातिनी मान्सी मण्डल, सोनीदेवी मण्डल, उनकी जेठानी रुबीदेवी र रुबीको छोरा दिलखुश मण्डल, बिनादेवी मण्डल, उनकी दुई वर्षीया छोरी सपना, नन्द दीपाकमारी र देवर मना मण्डल भर्ना भएका छन् । अन्य चार जना विरामी उपचारपछि डिस्चार्ज भएको डा. डिकनाथ यादवले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर