Aamsanchar

भारतप्रति धेरै उत्साहित नहुन सुझाव

Author Image
बुधवार, असोज ५, २०७३

काठमाडौः

pm modi

नेकपा माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतप्रति धेरै उत्साहित नहुन सुझाव दिएका छन् । भारतको चारदिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किंदा निकै उत्साहित देखिएका प्रधानमन्त्री दाहाललाई उनको पार्टीका वरिष्ठ नेताहरूले नेपाल मामिलामा भारतीय रणनीति परिवर्तन नभएको भन्दै उत्साहित नबन्न सुझाव दिएका हुन् ।

केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा बोल्ने नेताहरूले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जोड दिए पनि प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा प्राविधिक त्रुटिहरू औंल्याएका थिए ।

वैदेशिक मुद्दामा भारतसँग सहकार्य गर्ने सहमतिले अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको, भारतीय परियोजनाको अनुगमन दूतावास र सरकारले गर्ने भनेर भारतीय हस्तक्षेप निम्त्याइएको र संविधान निर्माणको विषयलाई वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा भित्र्याएको आरोप नेताहरूले लगाएका थिए । बैठकमा नेताहरू टोपबहादुर रायमाझी, अग्नि सापकोटालगायतले भारतले गर्ने व्यवहार नहेरीकन उत्साहित हुनुको अर्थ नरहेको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर