Aamsanchar

किड्स गट ट्यालेन्ट र डिभा डान्स कम्पिडिसनमा प्रतियोगिले देखाए प्रतिभा

Author Image
बुधवार, असोज ५, २०७३

 

बिर्तामोड।

IMG_20160918_113225

ए हब फिल्मस् एण्ड इभेन्ट एकाडेमीको आयोजनामा झापाको बिर्तामोडमा ‘किड्स गट ट्यालेन्ट’ र डिभा डान्स कम्पिटिसन टेलिभिजन शोको सेमी फाइनल प्रतियोगिता सम्पन्न भएको छ ।

बालबालिका तथा युवायुवतीहरुमा लुकेर रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले गाउँ–गाउँमा गएर प्रतिभा छनौट गरिएको थियो । विभिन्न अडिसन पार गरेका उनीहरुको सेमिफाइनल प्रतियोगिता झापाको बिर्तामोडमा गरिएको ए हब फिल्मस् एण्ड इभेन्ट एकाडेमीका इभेन्ट डाइरेक्टर राजकिशोर क्षेत्रीले बताए । क्षेत्रीले प्रत्येक व्यक्तिमा अन्तरनिहीत प्रतिभा लुकेर रहने र त्यस्ता व्यक्तिहरु भित्र लुकेर रहेको प्रतिभा अवसर नपाएर त्यत्तिकै खेर गइरहेको भएकोले आफूहरुले त्यस्ता प्रतिभाहरूको छनौट गरेको बताए ।

यस प्रकारका कार्यक्रमहरू शहर केन्द्रित मात्र हुने र जसले गर्दा गाउँ–गाउँमा रहेका प्रतिभाहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाउने भएकाले ए हब फिल्मस् एण्ड इभेन्ट एकाडेमीले पहिलोपटक गाउँ–गाउँमा गएर प्रतिभा खोजिएको इभेन्ट डाइरेक्टर क्षेत्रीले बताए ।
विगत १५ बर्षदेखि निरन्तर यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरिरहेको ए हव फिल्मस् एण्ड इभेन्ट एकाडेमीले नेपाल तथा मलेशिया, दुबई, हङकङ र सिंगापुरमा ७ सय ५० भन्दा बढी यस प्रकारका कार्यक्रम गरिरहेको उनले बताए । गत असार ११ गते शनिबारदेखि शुरु गरिएको प्रथम चरणको अडिसन अन्तर्गत झापाको बिर्तामोड, पृथ्वीनगर, डाँगीबारी, खुदुनाबारी, बनियानी, सुरुङ्गा, बुधबारे, दमक, काँकरभिट्टा, भद्रपुर, धुलाबारी, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका स्थानबाट प्रतिभाहरु छनौट गरिएको थियो ।

कार्यक्रम अन्तर्गत गरिएको किड्स गट ट्यालेन्टको अडिसनमा बालबालिकाले नृत्य, गीत, चित्रकला, अभिनयमा प्रतिभा देखाएको तथा डिभा डान्स कम्पिटिसनमा किशोरीहरूले एकल नृत्य प्रस्तुत गरेको बताइएको छ । गत भदौ ३१ गतेदेखि बिर्तामोडस्थित आदर्श बेंक्वेटमा शुरु भएको सेमिफाइनल असोज ४ गते सम्पन्न भएको थियो ।

प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरुको विशेष प्रस्तुती रहेको बताइएको छ । कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेल तमासाहरु मोटुपत्लु, कार्टुन लगायत राखिएको थियो । त्यस्तै विभिन्न प्रकारका मम लगायतका खानेकुराको आइटम समेत राखिएको थियो । ती दुबै प्रतियोगिताको फाइनल भने काठमाडौंमा हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर