Aamsanchar

बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Author Image
बुधवार, असोज ५, २०७३

14409302_1115389248540240_1817985858_n 14429614_1115389118540253_882182499_nबिर्तामोड

वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको छ ।
झापाको विर्तामोडनगरपालिका स्थित नयाँ बस पार्क छेउमा रहेको कल्र्भट भत्किदा बिहान ८ बजे बाट राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
वर्षाका कारण सडक भत्किएपछि कुनैपनि सवारी चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारी अलपत्र परेका छन् । अस्थायी रुपमा भएपनि सडक खुलाउनका लागी पहल थालेको ट्राफिक प्रहरी निरीक्षक गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)