Aamsanchar

पूर्वपश्चिम राजमार्ग अवरुद्ध / वैकल्पिक मार्गबाट यातायात सुचारु

Author Image
बुधवार, असोज ५, २०७३

विर्तामोड ।

sadak-1-750x200

गयराती देखि परेको अविरल वर्षाकारण सडक अवरुद्ध हुदाँ अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्त्ब्य तर्फ पठाउन थालिएको छ ।
वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको हो । झापाको विर्तामोड नगरपालिका स्थित नयाँ बस पार्क छेउमा रहेको कल्र्भट भत्किदा बिहान ८ बजे बाट राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।
वर्षाका कारण सडक भत्किएपछि कुनैपनि सवारी चल्न नसकेको र अलपत्र सवारीलाई वैकल्पिक मार्गबाट गन्तबय तर्फ पठाउन सुरु गरेको गिरीले बताउनुभयो । राजधानीका साथै पश्चिम तथा पूर्वबाट आएका सवारीहरुलाई राजमार्ग उत्तरपट्टीको वैकल्पिक मार्गबाट सवारी सुचारु गरेको ट्राफिक प्रहरी प्रमुख गिरीको भनाई छ ।
यसैबीच मेची राजमार्गबाट आउने सवारीलाई भने बुधबारेबाट शनिश्चरे हुदै यातायात सुचारु गराएको गिरीले बताउनुभयो । भत्किएको सडक मर्मतका लाई सडक विभागलाई जानकारी गराई सकेको उहाँको भनाई छ । वर्षा मध्याह्न्नबाट भने रोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर