Aamsanchar

शरणामति गाविसका लेखापालको हत्या

Author Image
बुधवार, असोज ५, २०७३

झापा।

Hatya

शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । शरणामति – ५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको र शवलाई पोष्ट मार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । निधारमा र खुट्टाको औंलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याकेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुरुङ्गास्थित त्रिवेणी होटालमा गएराति अवेरसंम्म साथीहरुसंग वसेर रिजालले मादक पर्दाथ सेवन गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसंगै मादक पदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएपनि उनको नाम भने खुलाउन चाहेको छैन ।

नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर