धनकुटा । धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको होे ।
सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन् । उनको पहिचान हुन बाँकी छ । घर भत्किएर पुरिएका उनलाई उद्धार गरी निकालेर उपचारका लागि पठाइएको स्थानीय दीपा तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार रातिदेखि लगातार वर्षा हुँदा आज बिहान करिब ८ः३० बजे घर भत्किएको हो ।
घटनापश्चात प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रासस
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153