Aamsanchar

४८ करोड भत्ता वितरण

Author Image
बुधवार, असोज ५, २०७३

18024भद्रपुर ।

जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२ लाई रु एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई रु आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई रु एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु चार लाख १२ हजार वितरण गरेको छ ।

यसैगरी अतिअशक्त ४२५ जनालाई रु २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी÷जनजाति दुई हजार २१४ जनालाई रु पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई रु ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर