Aamsanchar

विर्तासिटीले फर्कायो सरितालाई मृत्युको मुखबाट

Author Image
बिहिवार, असोज ६, २०७३

बिर्तामोड।

14344310_1125010254241794_7088985295775489751_n

मृत्युको मुखमा पुगेकी उदयपुरको गाइघाटस्थित वर्षाकी ३० वर्षीया सरिता राईले नयाँ जीवन पाएकी छिन् । डेढवर्ष अघि दुवै मृगौलाले काम गर्न छाडेर मृत्युको मुखमा पुगेकी उनलाई बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलले खान वस्न सहित निःशुल्क औषधि उपचार गरिदिएपछि उनले नयाँ जीवन पाएकी हुन् ।

वैदेसिक रोजागरीका सिलसिलामा कुवेत पुगेका वेला उनको दुवै मृगौलाले काम गर्न छाडेपछि उनी वेर्खची भएर घर फर्किएकी थिइन् । विदेशवाट खाली हात घर फर्किएपछि उनको मृत्युको दनगन्ती सुरु भएको बताउछिन् उनी । श्रीमानले कान्छी श्रीमती भित्र्याउनु, माइतमा आमा पनि अर्कैसंग भाग्नु उनका लागि थप पीडा बन्यो । १६ वर्षकै उमेरमा आफू भन्दा १५ वर्ष जेठो पुरुषसंग विवाह वन्धनमा वाधिएकी उनको अहिले १० वर्षीय छोरो छ । तर, न त उनी छोराको मुख देख्न पाउँछिन् न त श्रीमानको साथ नै ।

भएका आफन्तले पनि छि छि र दुरदुर गर्दै गलत्याएर घरबाट निकालेपछि आफू सहारा विहिन भएकी भएको उनले बताइन् । बिर्तासिटी हस्पिटलको परिसरमा भेटिएकी उनले भनिन्– ‘म पोहोर मर्थे म बाँच्ने थिइन् यहाँको सरले मलाई बचाउनुभयो ।’
काठमाडौं, धरान हुँदै बिर्तामोडको विर्तासिटी हस्पिटलमा उनी उपचारका लागि धाएको सम्झदै भन्छिन–‘पैसा हुनेका लागि मात्रै रहेछ अस्पताल त ,म जस्ता सहारा विहिनलाई कसैले हेर्दाे रहेनछ ।’ गहभरि आँशु पर्दै उनले अगाडि थपिन्– यहाँका सरले मलाई अस्पताल ल्याउदा म बोल्नपनि नसक्दो रहेछु ।’
७० केडीमा कुवेतमा काम गर्न पुगेकी उनी ८ महिना मात्र विदेशमा बसिन् । विदेश पुगे लगत्तै विरामी भएपछि साथीभाईसंग सहयोग मागेर त्यहाँकै अस्पतालमा उपचार गराएपनि दुवै मृगौलाले काम गर्न छाडेको थाहा पाएपछि उनी नेपाल फर्किएकी थिइन् ।

नेपालमा फर्किएपछि काकाले केही समय उपचार गराएपनि मृगौला रोगी रहेछ भन्ने थाहा पाएपछि मलाई हेरचाहा नगर्दा मेरो मृत्यु पर्खनु वाहेक केही विकल्प थिएन उनले भनिन् । आमा जयकुमारी राई अर्कैसंग भागेपछि वुवा ज्ञानवहादुरले काक्छी आमा ल्याएको उनले बताइन् । कान्छी आमा ल्याएपछि वुवाले हेरचाहा गर्न छाड्नुभयो म वेवारिसे भए उनले भनिन्–‘हात खुट्टाडम्म सुन्निएका थिए, बोल्नै गाह्रो हुन्थ्यो तर अहिले ठीक छु ।
डेढ वर्ष अघि उनलाई अस्पतालका सञ्चालक आनन्द वस्नेतले उपचारका लागि अस्पताल ल्याएका थिए । अस्पतालमा उनको अहिले निःशुल्क औषधि उपचार भइरहेको छ । उनलाई हप्तामा दुई पटक अस्पतालले मृगौलाको डायलसिस गरिहेको छ । खानाका लागि उनलाई अस्पताल परिसरमा रहेको क्यान्टिनमा सञ्चाल भोलाले खानाको व्यवस्था गरिदिएका छन् ।
अस्पतालले निःशुल्क खान र वस्न सहित औषधि उपचार गरिदिएर मृत्युको मुखमा पुगेकी मलाई नयाँ जीवन दिएकोमा धन्यवाद दिन्छु भक्कानिदै उनले भनिन्– मलाई जन्माउने आमा वुवा भन्दा जीवन बचाउने अस्पताललाई लाख लाख धन्यवाद छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१