Aamsanchar

कालोदिन मनाउनु दूर्भाग्य

Author Image
बिहिवार, असोज ६, २०७३

दमक।

subash

नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सत्तापक्षधर राजनीतिक दलहरुले नै संबिधानजारी भएको दिनलाई कालोदिन र दिवसको रुपमा मनाउने घोषणा गर्नु दूर्भाग्य भएको बताउनु भएको छ ।

उहाँले यसको जवाफ सरकारले दिनुपर्ने भन्दै यस्तो कार्य दूनियमा कहि पनि नभएको टिप्पणि गर्र्दै यस्तो बताउनु भएको हो । देशभर जनताले घरमा दिपावली गरेर संबिधान दिवस मनाइरहदा सत्तापक्षका दलहरु भने संबिधानको बिरुद्धमा सडकमा आउनु शोभनिय नभएको जनाउदै यस बिषयमा सरकारले जवाफ दिनु पर्ने उहाँको माग रहेको छ ।

झापाको दमकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने र मतदान गर्ने राजनीतिक दलहरुले संबिधान दिवसलाई कालो दिवस भनेर मनाइरहनु दूनियामा कहि नभएको र नदेखिएको चर्तिकाला भन्दै यस्तो कार्यले संबिधान कार्यन्वयन हुन नसक्ने बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर