काठमाडौं ।
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् ।
खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अब तीन साता मैदान बाहिर रहनेछन् । यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए ।
तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले । मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150