Aamsanchar

‘सन्नीको मुख्य काम नै पोर्न फिल्म खेल्नु हो’

Author Image
बिहिवार, असोज ६, २०७३

एजेन्सीः

maxresdefault

बलिउडमा ‘कन्टोभर्सियल क्विन’का रूपमा चिनिएकी राखी सावन्तले सन्नी लियोनको मुख्य काम पोर्न फिल्म नै गर्नु भएको आरोप लगाएकी छन् ।
सावन्तले हालै दिएको अन्तरवार्तामा सन्नी लियोनले शाहरुख खानका साथ गरिएको आइटम गीतका बारेमा सोधिएको थियो ।

‘रइस’ नामको फिल्ममा उनले शाहरुखसँग आइटम डान्स गरेकी छन् । राखीले भनेकी छन्, ‘केही आइटम गरेपछि सन्नी पक्कै पनि निकालिनेछन्, किनकि उसको काम भनेको पोर्न फिल्म गर्नु नै हो ।’

भर्खरै एउटा फिल्ममा प्रमुख भूमिका पाएकी राखीले आफूमा नायिका बन्न कुनै सौख नभएको बताएकी छन् । ‘एक कहानी जुली की’ मा प्रमुख रोल गर्ने भएकी छन् । उनलाई पहिलो पटक लिड रोल मिलेको छ ।

तर उनले आफूलाई हिरोइनभन्दा डान्सर बन्नुु नै रमाइलो लाग्ने बताएकी हुन् । ‘म आइटम गर्ल नै हुन चाहन्छु तर मौका मिल्यो भने चौका, छक्का मार्नुपर्छ’, राखीले भनेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर