Aamsanchar

उच्च अदालतसम्बन्धी नियमावली पारित

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौं,

law

सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको अदालतमा प्रवक्ता नहकुल सुवदीले जानकारी दिनुभयो ।

नियमावलीमा सात वटा प्रदेशमा रहेका उच्च अदालत र इजलास गठनसमेत गरेको छ । त्यसलाई व्यवस्थित गर्न कार्यविधिमा समेटिएको छ ।

सरकारले संशोधित एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनअनुसार गत बुधबार उच्च अदालत रहने स्थान तोकेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर
गोरखकाली पूजा, गोरख सन्देश ?
बुधवार, असोज ९, २०८१
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१