Aamsanchar

नयाँ पत्रकार आचारसंहिता जारी, अनलाइन मिडिया समेटियो

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौं ।

aamsanchar

पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्तरुपमा आचारसंहिता जारी गरेका हुन् । आचारसंहिता जारी गरेपछि संयुक्तरुपमा काउन्सिल अध्यक्ष कार्की र महासंघ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाएका थिए ।

आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसन्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायी बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताए ।उनले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराए ।

अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराए । नयाँ आचारसंहिता जारीसँगै पुरानो ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ । नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी गराए ।

उनकाअनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सन्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ । यसैगरी, प्रत्येक सन्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउनसक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर