Aamsanchar

मन्त्री गिरी अस्पताल भर्ना

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौँ।

deepak

स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना हुनुभएको छ ।

अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना हुनुभएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले राससलाई जानकारी दिनुभयो ।

डा यादव भट्ट नेतृत्वको टोलीले उहाँको उपचार गरिरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताउनुभयो ।

उहाँलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुग्नुभएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर