Aamsanchar

अब शिक्षकको तलव वेवसाइटमा

Author Image
शुक्रवार, असोज ७, २०७३

masterसुरेन्द्र भण्डारी
बिर्तामोड ।

जिल्ला शिक्षा कार्यालय झापाले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलव भत्ता वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।
विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, लियन, सट्टा, राहत, पिसिएफ लगायतका शिक्षकको तलव, भत्ता, ग्रेड, सञ्चयकोष, बीमा, महंगी भत्ता, पर्व खर्चसहित सबै खुलाएर वेवसाइट मार्फत सार्वजनिक गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाले कार्यालयमार्फत हुने सबै आर्थिक गतिविधिलाई पारदर्शी बनाउन र सहजरुपमा सबैले यस वारेमा थाहा पाउन सहज होस् भन्दै वेवसाइटमार्फत शिक्षकको विवरणसहित तलव भत्ता सार्वजनिक गर्ने क्रम शुरु गरिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । शिक्षकले आफ्नो वारेमा जानकारी लिनका लागि अब जिल्ला शिक्षा कार्यालय झापाको वेवसाइट धधध।मभयवजबउब।नयख।लउ मार्फत थाहा पाउन सक्छन्– जिल्ला शिक्षा अधिकारी लुइँटेलले भने ।
झापामा सञ्चालित तीन सय ६४ विद्यालयका ३ हजार ७ सय ६ जना शिक्षकको विवरणसहित जिल्ला शिक्षा कार्यालयले वेवसाइटमा सम्पूर्ण जानकारी राखेको छ । नेपालमा नै पहिलोपटक यो प्रविधिबाट शिक्षकको प्रथम चौमासिकको विवरण सार्वजनिक गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले दावी गरे । कुन विद्यालयमा कति शिक्षक कार्यरत छन्, उनीहरुको प्रकृति के छ, कति तलव सुविधा लिन्छन् अब जो कोहीले बेवसाइटमार्फत थाहा पाउन सक्छन्– जिल्ला शिक्षा अधिकारी लुइँटेलले भने ।
जिल्ला शिक्षा कार्यालय झापाले सार्वजनिक गरेको प्रथम चौमासिक विवरणमा तीन हजार सात सय छ जना शिक्षकको तलब ५१ करोड ५० लाख ८७ हजार ३ सय ९२ रुपैयाँ ४९ पैसा निकासा भएको उल्लेख गरेको छ ।
जिल्लामा ६२ वटा उच्च माविमा १ सय २४ जना शिक्षक कार्यरत रहेका छन् भने माविमा ३ सय ८६ तथा राहतमा ८५ जना कार्यरत छन् । निमाविमा ४ सय २५ र राहत २ सय ४ जना कार्यरत रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै प्राविमा २ हजार ३ सय २१ र राहत १ सय ३७ जना कार्यरत छन् । प्राविधिक धारका आठवटा विद्यालयमा २४ जनाले प्रशिक्षकको रुपमा काम गरिरहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए । ‘शिक्षकले आफ्नो बारेमा सबै विवरण आफैं थाहा पाउन र निकासाको बारेमा प्रधानाध्यापकको भर पर्नुपर्ने अवस्थाबाट छुट्कारा दिन यो प्रविधि शुरु गरिएको हो’– लुइँटेलले भने ।
यता क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहालले झापाले गरेको यो कार्य सह्राहनीय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले अरु जिल्लालाई पनि झापाको शिको गर्दै अघि बढ्न सुझाव दिए । ‘शिक्षा मन्त्रालयले निकासाको विवरण सार्वजनिक गर्न सबैलाई आग्रह गरे पनि कार्यालयको भित्तामा निकासाको विवरण टाँस्ने बाहेक अरु काम नभइरहेको अवस्थामा झापाले वेवसाइटमार्फत यसरी विवरण सार्वजनिक गर्नु आफंैमा राम्रो हो, म जिल्ला शिक्षा अधिकारीसहित सिंगो शिक्षा कार्यालय झापालाई बधाई दिन चाहन्छु– निर्देशक दाहालले भने ।
‘सूचनाको हकले पनि कार्यालयमा हुने सम्पूर्ण विवरण सर्वसाधारणले थाहा पाउन सकून् भनेको छ’– सोही बमोजिम झापाले गरेको यो काम नेपालकै लागि नमूृना बन्न सक्छ’ – क्षेत्रीय शिक्षा निर्देशक दाहालले भने ।
जिल्ला शिक्षा कार्यालय झापाले शुरु गरेको यो कामलाई निरन्तरता दिन आग्रह गर्दै क्षेत्रीय शिक्षा निर्देशक दाहालले अगाडि थपे– ‘जिल्ला शिक्षा अधिकारी फेरबदल हुँदा पनि यो कामले अब निरन्तरता पाउँछ, म पूर्वका सबै जिल्लामा यो खाले काम गर्न निर्देशन पनि दिन्छु ।’
यता नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चम्लागाईले जिल्ला शिक्षा कार्यालय झापाले गरेको यो कार्यको प्रशंसा गरेका छन् । उनले दरबन्दी लुकाउने, निकासा आएको छैन भनेर आलटाल गर्ने र पैसा खान्छन् भन्ने प्रवृत्तिको यो कार्यले अन्त्य भएको बताउँदै पारदर्शीको नमूनाको काम भएको चम्लागाईले बताए ।
उनले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अब चौमासिक निकासा होइन मासिक तलब निकासा गरिनुपर्ने माग समेत गरे । उनले विद्यालय कर्मचारीलाई स्केल अनुसारको तलब नदिएर राज्यले अपहेलना गरेको समेत आरोप लगाए । अध्यक्ष चम्लागाईले विद्यालय कर्मचारीलाई पनि पर्व खर्च उपलब्ध गराउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर