Aamsanchar

न्याय नपाएसम्म अनशन नतोड्ने

Author Image
शुक्रवार, असोज ७, २०७३

काठमाडौँ ।

gangamaya

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएका गङ्गामायाले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताउनुभयो ।  विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार रहेको तर छोराको हत्यारालाई कारबाही नभएसम्म अनशन नतोड्ने दृढता व्यक्त गर्नुभयो ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएका नन्दप्रसाद अधिकारीको आजका दिन नै दुई वर्षअघि निधन भएको थियो ।  विसं २०६१ मा आफ्ना कान्छा छोरा कृष्णप्रसादको तत्कालीन माओवादीद्वारा हत्या गरिएपछि कृष्णप्रसाद र गङ्गामाया दम्पती न्यायका लागि अनशनमा बसेको ३३४ दिनमा नन्दप्रसादको निधन भएको थियो ।

नन्दप्रसादको निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिँदै आउनुभएको छ । यही असोज ४ गते चितवन जिल्ला अदालतले कृष्णप्रसाद हत्याको मुद्दाका सम्बन्धमा बयान दिन आउन भनेपछि उनी केही समयका लागि अनशन स्थगित गर्नुभएको थियो ।

गङ्गामायालाई वीर अस्पतामा भेट्न पुग्नुभएका मानवअधिकार कपिल श्रेष्ठ, सुवोध प्याकुरेल र इन्द्र अर्यालले अधिकारीमाथि धेरै ज्यादती भएको भन्दै अनशनरत अवस्थामा मृत्यु हुनु भनेको लोकतान्त्रिक शासन व्यवस्था भएको देशका लागि लाजमर्दो भएको हुँदा आफूहरु न्यायको लडाईंमा उहाँलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर