Aamsanchar

अस्पतालमा अलपत्र परे भक्तबहादुर

Author Image
शुक्रवार, असोज ७, २०७३

धनकुटा ।

hospital

आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् ।  धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् ।

जिल्ला अस्पतालको आकस्मिक कक्षमा बाबुलाई पु¥याएका गोविन्दलाई औषधि ल्याउन डाक्टरले भनेपछि बेपत्ता भएका एक हप्तासम्म नफर्केपछि भक्तबहादुर अलपत्र परेका छन् ।  बाबुछोराबाहेक घरमा कोही नभएपछि बाहिरबाहिर कमाएर खाने बाबुछोरा आर्थिक समस्या परेका कारण भागेका हुनसक्ने चिकित्सकको अनुमान रहेको छ । खोकु–१ मा आठ रोपनी जग्गा भए पनि घर नभएको जग्गा बाँझो भएका कारण घर छोडेको चार वर्ष भएको भक्तबहादुरले बताए ।

चार वर्षअघि श्रीमतीको मृत्यु भएपछि हिँडेका भक्तबहादुर १० वर्षभित्र आमाबाबुसहित दाजुभाइ, छोराछोरीसहित १५ जनाको काजक्रिया गरेर सम्पत्तिको नाममा आठ रोपनी जग्गा मात्र बाँकी रहेको बताउनुहुन्छ ।

छातीमा समस्या देखिएका भक्तबहादुरको दमको बिमार भएको स्याहार र हेरचाहमा रहनुभएको स्टाफ नर्स एन्जल लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अस्पतालका तर्फबाट नै उपचार गरेका हौँ, निःशुल्क एवम् अस्पतालमा बाहेक बाहिरबाट औषधि ल्याएर बचायौँ तर डिस्चार्ज लिने मान्छे नभएर उहाँलाई अस्पतालमा राख्नुपरेको छ ।

६७ वर्ष पुगेका भक्तबहादुर आफू दलित भएका कारण वृद्धभत्ता पाइने कुरा समेत थाहा नभएको र नागरिकतासमेत हराएको कारण राज्यले दिने सुविधासमेत नभएको बताउनुहुन्छ । “छोरा के गर्छ, कता जान्छ, केही थाहा छैन, बिरामी भएको खबर पाएर मलाई यहाँसम्म छोडेर कता गयो थाहा छैन, पैसा थिएन होला, लाज भयो, भाग्यो होला”, सार्कीले भन्नुभयो ।

बाँसको चोयाबाट डोको बुन्ने सीपका कारण जीविका चलाएको बताउने भक्तबहादुर उमेर ढल्कँदै गएका कारण अब कसरी छाक टार्ने समस्या भएको बताउनुहुन्छ । परिवारका नाममा एउटा छोरो त्यो पनि साथमा नहँुदा बुढेसकालमा के गर्ने ठूलो समस्या भएको उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर