Aamsanchar

पाकिस्तानी सेना युद्धको तयारीमा

Author Image
शुक्रवार, असोज ७, २०७३

इस्लामावाद।

1474596893F-16

भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ ।

पाकिस्तानले गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन् ।

जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा गएराति चार लडाकु विमान उडेका थिए । इस्लामावादको आकाशमा ‘एफ–१६’ विमानले करिब ४÷५ फन्को लगाएको उनले जनाएका छन् ।

आफूले पाकिस्तानी सैन्य अधिकारीसँग लडाकु विमानको उडानबारे जानकारी माग्दा सैन्य अधिकारीहरुले युद्ध अभ्यास गरिएको जानकारी दिएको पनि उनले जनाएका छन् । सैन्य अधिकारीहरुले सर्वसाधारणलाई निर्धक्क भएर बस्न आग्रह गरेको उनको भनाइ छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर