Aamsanchar

मधेसमा विशेष अभियान चलाउन माग

Author Image
शुक्रवार, असोज ७, २०७३

काठमाडौं,

CPN-UML

एमालेका केन्द्रीय नेताहरूले मधेसविरोधी छवि मेटाउन तराई तराईमा पार्टीले अविलम्ब विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टीभित्रको चरम गुटबन्दी अन्त्य गरी तराई मधेसमा पार्टीले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।पार्टी अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि टोली नेताले सुझाव राख्ने क्रममा संविधान कार्यान्वयन अहिलेको राष्ट्रिय एजेन्डा भएको भन्दै निर्वाचनमा जानुपर्ने र त्यसअघि तराई मधेसमा कार्यक्रम गर्नुपर्ने सुझाव दिएका हुन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न ९ वटा टोली गठन गरिएको छ ।
‘संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्ने, तराई मधेसमा आर्थिक सामाजिक रूपान्तरणको विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टीभित्र गुटको अन्त्य गर्नुपर्नेलगायत सुझाव आएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
ओली नेतृत्वको सरकारले विगतमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट निकै राम्रो रहेको र तराई मधेसका जनताका लागि सबैभन्दा बढी जोड दिएको चर्चा गर्दै सदस्यहरूले त्यसको प्रचारप्रसार गर्न कार्यक्रम बनाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर