उदयपुर।
उदयपुरको चतराबाट प्रहरीले विहीबार करिब ४ किलो लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चतराबाट रामपुर ठोक्सिलातर्फ आउदै गरेको ना २ ख ७५६१ नम्बरको बसमा सवार मैनामैनी ७ बस्ने ईन्द्र बहादुर राई, रामपुर ठोक्सिला-२ बस्ने किरण मगर, र सोही ठाउँका युवराज राई रहेका छन्।
उनीहरुलाई शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा ४ किलो गाँजा सहित पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङको बिराटनगर-२१ स्थीत भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। शसस्त्र प्रहरीको सिमा सुरक्षा बलबाट खटिएको टोलीले सुनसरी धरान-१२ बस्ने २६ बर्षिय सबिन विश्वकर्माको साथबाट लागुऔषध डाईजेल्याब १८ एम्पुल, एभिल १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल बरामद गरेको हो। भारतको जोगवनिबाट बिराटनगरतर्फ पैदल आउदै गर्दा उनलाई पक्राउ गरेको हो। लागुऔषध सहित पक्राउ परेका विश्वकार्मालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी सुनसरीको दुहबी-७ स्थित कोशी राजमार्गमा ईटहरी बाट बिराटनगरतर्फ आउदै गरेको को १ ख २७९४ नम्बरको यात्रु बसमा चेक जाँच गर्ने क्रममा अन्दाजी ९०० लिटर बराबरको घरेलु मदिरा बरामद गरेको छ। बरामद मदिरा र चालक सहित इलाका प्रहरी कर्यालय दुहविले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।