झापा ।

वैदेशिक रोजगारीका सिलसिललामा साउदी अरब पुगेका झापाका एक युवाको शव मृत्यु भएको १०९ दिनपछि आज नेपाल ल्याइएको छ ।

चकचकी–२ निवासी भवानी गोश्वामीको गत जेठ २५ गते मंगलबार राति साउदी अरवमा रहस्यमय मृत्यु भएको थियो । उनको आज शव नेपाल ल्याइएको र स्थानीय घाग्रा खोलामा अन्तेष्टी गरिएको वुवा दयानन्द गोस्वामीले जानकारी दिनुभयो ।

गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए ।

Views: 64

