Aamsanchar

अन्धुवा खोलामा फलामको पुल निर्माण शुरु

Author Image
शनिवार, असोज ८, २०७३

बिर्तामोड।

timthumb-4

झापामा शिक्षा सेवीका रुपमा परिचित जयनारायण ढुङ्गाना सामाजिक एवम् विकास निर्माणका काममा पनि अग्रणी देखिएका छन् ।
कनकाई आर्यघाटमा सुविधा सम्पन्न मलामी विश्रामालय निर्माणपछि उनले बिर्तामोडस्थित अन्धुवा खोलामा पनि फलामको पुल निर्माण शुरु गरेका छन् । राजमार्ग दक्षिणतर्फ ४ फुट चौडाई भएको मोटरसाइकल समेत कुदाउन मिल्ने गरी उनले फलामे पुलको शुक्रवारबाट निर्माण कार्य शुरु गरेका हुन् ।

चार इञ्र्च मोटो तीन वटा विम र तीन ठाउँमा पिलर गाडेर पुल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको ढुंगानाले बताए । पिलर गाडेको चार दिनभित्र पुल तयार हुन्छ उनले भने पुलको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चलाउँदै आएको मोटरसाइकल कुदाएर गर्नेछौं । पुलमा विछ्याइने पत्ती पनि मोटो हुन्छ ढुङ्गानाले थपे– पुलको दुवैतर्फ जाली लगाएर व्यवस्थित पुल बनाएर ट्राफिकलाई हस्तान्तरण गर्छु ।
लामो समयदेखि खोलामा पुल निर्माणको चर्चा चलिरहेपनि ठोस् काम भने हुन सकेको थिएन । तर ढुङ्गाना एक्लैले फलामे पुल निर्माण गर्न सुरु गरेसंगै युवा व्यवसायी प्रशान्त भण्डारीले राजमार्ग उत्तर पनि पुल निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन् । उनले दुवैतर्फ फलामे पुल भए सवारी आवागमनमा सहजता हुने र दुर्घटना न्यूकरणमा सहयोग पुग्ने बताए ।
शैक्षिक र सामाजिक क्षेत्रमा ढुङ्गानाले पु¥याएको योगदानको चर्चा गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले छोटो समयमा फलदायी काम गरेर हस्तान्तरण गर्नु आफैंमा राम्रो कुरा हो भने । पुल निर्माणसंगै यात्रुलाई सहजता हुने र सम्पूर्ण व्यवसायी र यहाँका अग्रजको सहयोगमा राजमार्ग उत्तर पनि पुल निर्माण जुट्न म आग्रह गर्छु अध्यक्ष कार्कीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर