भद्रपुर ।

भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको द्वार एक सेवा अनेक समारोहको स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा स्थानीय विकास अधिकारी ओझाले भद्रपुर नगरपालिकाले नगरवासीका सेवा एवम् सुविधाका लागि गरिएको प्रयास सराहनीय छ भन्नुभयो । उहाँले भद्रपुर नगरपालिका खोपयुक्त नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै जिविसबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको अध्यक्षतामा कायक्रम सम्पन्न भएको थियो

Views: 149

