Aamsanchar

स्वास्थ्य केन्द्रमा बियरका बोतल

Author Image
शनिवार, असोज ८, २०७३

चरिकोटः

kaiserbeerfasstypbottle

उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै विरोध भएको स्वास्थ्य केन्द्रमा बियरको बोतल भेटिएको छ । दोलखाको सदरमुकाम चरीकोटमा संचालनमा रहेको प्रस्तावित चरीकोट अस्पताल भवन भित्रै बियरको बोतल भेटिएको हो । अस्पतालमा बिरामी बालकको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर खोज्दा डाक्टरको कक्षमै बियरको बोतल भेटेका हुन् ।

न्याय हेल्थ नामक एक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका भीमेश्बर नगरपालिका १० घर भएका नबराज रिजालका साढे दुई बर्षे छोरा महादेव रिजालको शुक्रबार मृत्यु भएको थियो ।
रिजाललाई सामान्य झाडापखला देखिएर स्वास्थ्य केन्द्रमा उपचारमा लगिए पनि डाक्टरको चरम लापरबाहिका कारण बालकको मृत्यु भएको लक्ष्मी रिजालले बताइन् । उनले आफूले पटक–पटक डाक्टरलाई बिरामी जाँच गर्न आग्रह गर्दा पनि वेवास्था गरेको बताइन् ।

बालकको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशीत भिडले डाक्टरको कक्षमै बियरका बोतल, चुरोटका बट्टा र ठुटा भेटेको डाक्टर मृतकका आफुन्त मोहन रिजालले जानकारी दिए ।

बालकको उपचारमा संलग्न डा. सुरेन्द्र खनालले मृतकका आफन्तसँग गल्ती स्वीकार गरेका छन् ।  डा. खनालले बियरका बोतल र चुरोटका सम्बन्धमा भने कुनै प्रतिक्रिया दिएनन् । अस्पताल प्रशासनले भने यस सम्बन्धमा अनुसन्धान गर्ने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर