शान्तिनगर,
झापाको शान्तिनगर ५ स्थित चुल्ठे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा गोबिन्द न्यौपाने सर्बसम्मत चयन भएका छन् ।
शुक्रबार समुहको कार्यलयमा बसेको भेलाले ३ बर्षे कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन गरेको हो ।
समितीको उपाध्यक्षमा होमप्रसाद लोहार, सचिब कुलप्रसाद भट्टराई, सह–सचिब गोमा भट्टराई र कोषाध्यक्षमा पबित्रा ढकाल चयन भएका हुन् । बाँकी ९ सदस्य पछि चयन गरिने समुहका अध्यक्ष गोबिन्द न्यौपानेले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 130