Aamsanchar

लोकमान नियुक्तिको सक्कल फाइल सर्वोच्चमा

Author Image
शनिवार, असोज ८, २०७३

काठमाडौं।

1465736181Lokman

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषदको कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिए ।

मन्त्रिपरिषदको कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो । सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको र एक हप्ताभित्र फाइल पठाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशबमोजिम सरकारले शुक्रबार आयोग प्रमुख कार्की नियुक्तिको सक्कल फाइल पठाएको हो ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत् नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । सोही पुनरावलोकनमाथि सुनवाइ हुँदा सर्वोच्चले नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर