Aamsanchar

दसैँको टीकाको साइत बिहान पौने ९ बजे

Author Image
शनिवार, असोज ८, २०७३

काठमाडौं,

maxresdefault

नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ ।

बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो ।

उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो । अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि पश्चिम नेपालको धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ ।

आउँदो १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर