Aamsanchar

व्यवसायीलाई लक्षित गरी विभिन्न सेवा प्रदान

Author Image
शनिवार, असोज ८, २०७३

बिर्तामोड।

download

बिर्तामोड उद्योग वाणिज्य संघले यस क्षेत्रका व्यवसायीलाई लक्षित गरी आयकर, अन्तशुल्क तथा घरवहाल कर संघकै कार्यालयमा बुझाउने व्यवस्था मिलाएको छ ।
आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरी बाणिज्य संघले यही असोज ९ र १० गते बिर्तामोडस्थित संघकै कार्यालयमा त्यस्तो सेवा प्रदान गर्न लागिएको अध्यक्ष बलराम कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार प्रत्येक बर्ष आयकर विवरण बुझाए स्थायी लेखा नम्बर नवीकरण गर्ने साना कर दाता व्यवसायीलाई सहज होस् भनेर यस्तो सेवा उपलब्ध गराउन लागिएको हो ।

नयाँ व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर (पान) लिन चाहने व्यवसायीले आवश्यक कागजातसहित उपस्थित भएर सेवा लिन सक्ने महासचिव सुवास भट्टराईले बताए । कार्यालय सचिव राजु गौतमका अनुसार असोज ९ गते बिहान १० बजेदेखि करदाता शिक्षा तथा आर्थिक कर ऐन सम्बन्धी विषय विज्ञबाट अन्तरक्रिया हुने भएकोले सबै उद्योगी व्यवसायीलाई उपस्थितिका लागि संघले आव्हान गरिसकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर