Aamsanchar

खुदुनाबारीको विकासको लागि सांसद गिरी जुट्दै

Author Image
शनिवार, असोज ८, २०७३

खुदुनाबारी,

unnamed

क्षेत्र नम्बर ४ का सांसद माननीय प्रेम बहादुर गिरील खुदुनाबारीका राजनैतिक दल,नागरिक वडा मञ्चका प्रतिनिधि सँग भेटघाट गरेका छन् ।

सांसद गिरीले खुदुनाबारी गाविसको सभाहलमा भेटघाट गदै सांसद कोषको रकम स्थानीय विकासको लागि अति आवश्यक रहेको ठाँउमा पु¥याउनको निम्ति राजनैतिक दल,वडा नागरिक मञ्चका प्रतिनिधि स्थानीय संघसंस्थाका प्रतिनिधि सँग सल्लाह,सुझाव लिएका थिए ।

कार्यक्रमका प्रमुख अतिर्थी समेत रहेका गिरीले चालु वर्षमा नदी नियन्त्रण,सिचाइ,विद्युत,कल्पर्ड आफ्ना मुख्य प्राथामिकताको विषय बनाएको सहभागिहरुलाई बताएका थिए । कार्यक्रममा वडा मञ्चका संयोजक,प्रतिनिधि,राजनैतिक दल नेतृत्वले स्थानीय समस्या सांसदलाई राखेका थिए भने सांसद गिरीले विषय टिपोट गरेका थिए ।

खुदुनाबारी गा.वि.स. का संञ्चालक समितिका सचिव तुलसी प्रसाद भण्डारीको सभापित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका खुदुनाबारी सभापति बाबुराम बुडाथोकी,नेपाली काग्रेसका खुदुनाबारी पूर्व उपसभापति जीवन कुमार भण्डारी,नेकपा एमालेका खुदुनाबारी अध्यक्ष बम बहादुर कार्की,नेकपा माओवादी केन्द्रका खुदुनाबारी सचिव निर्माण आचार्य,नयाँ शतिm नेपालका खुदुनाबारी अध्यक्ष बृद्ध बराइली,राष्ट्रिय जनमुतिm पार्टीका खुदुनाबारी अध्यक्ष झलक याम्फु राई,राप्रपाका मेदनी चापागाई,राप्रपा नेपालका खुदुनाबारी अध्यक्ष इन्द्र बहादुर बुडाथोकी,स्वास्थ्य चौकी इन्चार्ज मिश्रीलाल शर्मा,स्थानीय अगुवा भुवानी अधिकारी,प्रसाद गुरागाई लगायतको आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रममा अभियान नेपालकी पुष्पा पौड्यालले खुदुनाबारी गाविसको स्मार्ट भिलेज प्रोभाइलको काम अन्तिम चरणमा पुगेकाले छुटेको नामाबली भए असोज १२ गते सम्म जानकारी दिई सहयोग गर्ने आग्रह गरिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)