Aamsanchar

सुनकोशीको शेयर ८६ लाख ४४ हजार

Author Image
आइतवार, असोज ९, २०७३

sahakariबिर्तामोड ।
सुनकोशी वचत तथा ऋण सहकारी सस्थाले आफ्नो शेयर रकम वृद्धि गरी ८६ लाख ४४ हजार पुर्याएको छ । सस्थाले गत आर्थीक वर्षको सेयर रकम ६८ लाख ३६ हजार ८ सय वाट २६ दशमलव ४३ प्रतिशले वृद्धि गरी ८६ लाख ४४ हजार पुर्याएको हो ।
सुनकोशी वचत तथा ऋण सहकारी सस्थाको विर्तामोडमा आयोजीत १०औं वार्षिक साधारण सभामा अध्यक्ष गंगाराम आडारीले प्रगती विवरण प्रस्तुत गर्दै कोषको रकम गत आर्थीक वर्षको भन्दा २१ दशमलव ०२ प्रतिशतले वृद्धि गरी २५ लाख ९६ हजार पुर्याउन सफल भएको समेत जानकारी दिनुभयो ।
झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुवरको प्रमुख आचथित्यतामा आयोजीत कार्यक्रममा स्वागत सस्थाकी उपाध्यक्ष सीता थापा लिङ्गदेनले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा शुशीला अधिकारी, उत्कृष्ट वचतकर्ता रेशन वस्नेत र मनमाया वस्नेत, उत्कृष्ट ऋणी कमला दवि कार्की र सन्तवहादुर कार्की तथा विध्यार्थी तर्फ प्रवेशीका परीक्षमा उत्कृष्ट अंक ल्याउने आस्मा योङ्गहाड र सैलेश उप्रेतीलाई सम्मान गरीएको थियो । प्याप्सनका झापा सचिव ज्ञानु थुलुङ्ग, राहित भट्टराई,तारा प्रसाद चापागाई , इश्वरी खरेल, भुपेन्द्र अ‍ोली लगायतले शुभकाना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सस्थाका सचिव कमल पराजुलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर