Aamsanchar

झापाली समाज युएईले ७० वृद्धवृद्धालाई दशैमा कपडा र मिठाइ दिने

Author Image
आइतवार, असोज ९, २०७३

paropakar

[भरत शिवाकोटी]

युएई ।

झापाली समाज यु.ए.ई. ले नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत महाअस्टमीको दिन झापामा रहेका वृद्दाश्रमका वृद्दवृद्दाहरुलाई कपडा तथा मिस्ठान्न भोजन प्रदान गरि सम्मान गर्ने भएको छ । झापामा क्रियासिल जेष्ठ नागरिक मञ्च झापाका सदस्य गोपाल काफ्ले र झापाली समाज यु.ए.ई. का आजीवन सदस्य अग्नि दाहालले झापाका वृद्दाश्रममा रहेका वृद्दवृद्दाहरुको स्थलगत अवलोकन पछी उनीहरुको अवस्था बारे झापाली समाजका यु.ए.ई. का पदाधिकारीहरुलाई अवगत गराएर सो कार्यक्रम गर्न लागिएको जानकारी प्राप्त भएको छ ।

परोपकार तथा अनुसन्धान केन्द्र विर्तामोडद्वारा सञ्चालित वृद्दाश्रममा रहेका १९ जना,  श्री कृष्ण प्रणामी सत्संघ सेवा परिषद्द्वारा कन्काई नगरपालिका –४ मा रहेको वृद्दाश्रममा रहेका १४ जना र शिवसताक्षी नगरपालिका –९ मा रहेको लक्ष्मीनारायण माई वृद्दाश्रममा रहेका ३७ जना गरि कुल ७० जना वृद्दवृद्दाहरुलाई सम्बन्धित स्थानमै समाजका पदाधिकारीहरु पुगेर लत्ताकपडाका साथ भोजन गराउने कार्यक्रम रहेको यस कार्यक्रममा परिकल्पनाकार तथा झापाली समाज यु.ए.ई. राक क्षेत्रीय कमिटीका सचिव सुनील चौहानले बताएका छन ।

आफ्नो नियमित बिदालाई महान चाडपर्वका साथ परिवारसँग व्यतित गर्न तथा कार्यक्रमलाई सफल बनाउन र सहभागी हुन समाजका केन्द्रीय महासचिव टेकनाथ अधिकारी, कोषाध्यक्ष दुर्गेश सापकोटा, लगायत १ दर्जनभन्दा बढी पदाधिकारीहरु नेपाल आउने भएका छन । विभिन्न कारणले वृद्दाश्रममा रहेका वृद्दवृद्दाहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्दै सम्मानका साथ गरिने यस कार्यक्रमका निमित्त यु.ए.ई. मा रहेका झापालीहरुले उत्साहपूर्ण सहभागिता जनाइरहेको जानकारी प्रवक्ता राम प्र. ढुंगेल ले दिएका छन ।

झापाली समाज यु.ए.ई. को यस मानवीय सहयोग अभियानलाई सफल पार्न सम्पूर्ण क्षेत्रीय समितिहरु परिचालित भएका छन भने यु.ए.ई. तथा झापाबाट यस कार्यका निमित्त विभिन्न व्याक्तिहरुले सहयोगी हातहरु अघि बढाईरहेको जानकारी प्राप्त छ । यसरि सहयोग गर्नेहरुमा अधिकाङ्श झापाली समाज यु.ए.ई. का पदाधिकारी, उनीहरुका परिवार तथा यु.ए.ई. मा कार्यरत झापालीहरू रहेका छन ।

स्मरणीय रहोस, युएई सरकारले केहिदिन पहिले जनाए अनुसार युएईमा आफ्नो जिल्ला,जाति,गाँउटोल,क्षेत्र लगायतको प्रतिनिधित्व गर्ने गरि खोलिएका सम्पूर्ण संघसंस्थाहरुलाई प्रकृयामा नियमन गरेको छ । जसका निमित्त अबदेखि युएईमा सामाजिक संघसंस्था स्थापना गर्न वा त्यस सम्बन्धी कार्य गर्न सम्बन्धित तोकिएको मन्त्रालयमा दर्ता भइ इजाजत पत्र लिनुपर्नेछ । यसरी संघसंस्था खोल्न उदेश्य,कार्यालय,कर्मचारि लागायत तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । यदि कोहि कसैले नियम तोडेको भेटिएमा जरिवाना सहितको कार्वाही गरिने स्थानिय संचार माध्यमले जनाएका छन । तर उल्लेखित नियमहरु पुरा गर्न यहाँ रहेका अधिकाङ्श संघसंस्थाहरु आर्थिकका कारण असमर्थ देखिएका छन र नियमतस् यिनिहरु संकटमा मात्र परेका छैनन बन्द नै हुने भएका छन । यसैकारण विभिन्न संघसंस्थाले पुर्व निर्धारित गरेका दशैं तिहार केन्द्रित कार्यक्रमहरु युएईमा धमाधम स्थगित भैरहेका छन ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर