Aamsanchar

इम्जा हिमतालको पानी घटाइँदै

Author Image
आइतवार, असोज ९, २०७३

सोलुखुम्बु ।

Tsho_rolpa_picture

नेपाली सेनाले जिल्लाको खुम्जुङस्थि इम्जा हिमतालको पानी घटाउने काम सुरु गरेको छ । गत वैशाखबाट तालको पानी निकासका लागि भौतिक संरचना बनाउन सुरु गरेको सेनाले आजबाट तालको पानी घटाउने काम सुरु गरेको नेपाली सेनाका कर्णेल भरत श्रेष्ठले जानकारी दिनुभयो ।

सेनाले तालको पानी दैनिक ८ देखि १० सेन्टिमिटरका दरले घटाउन थालेको छ । अगामी असोज १५ गतेसम्ममा ३.४ मिटर पानी घटाउने लक्ष्य छ । यस अवधिमा तालको पानी बग्ने दूधकोसी नदीमा पानीको बहाव बढ्ने बताइएको छ ।

पानीको बहाव बढे पनि खतरा नरहने तर वर्षायाममा बढेको सतह र हिमतालको पानी समेत गर्दा दुधकोसीको आकार केही बढी नै हुने भएकाले नदी किनाराका बासिन्दा सचेत हुनुपर्ने कर्णेल श्रेष्ठले बताउनुभयो । हाल करिब दुई किलोमिटर लम्बाइ, ७ सय मिटर चौडाई र १४० मिटर गहिराई रहेको इम्जा हिमतालमा चार करोड घनमिटर पानी रहेको बताइन्छ । इसिमोडको अनुसन्धान प्रतिवेदनमा इम्जा ताल विष्फोटको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

करिब छ दशकमा सो आकार लिएको भनिएको इम्जा हिमतालको आकार वर्षैपिच्छे बढिरहेको र आसपासको प्राकृतिक अवस्था कमजोर रहेकाले पानी निकास गरेर आकार घटाउन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)