Aamsanchar

गौ हत्याको आरोपमा तीनजना पक्राउ

Author Image
आइतवार, असोज ९, २०७३

कञ्चनपुर।

cow-1

कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा पक्राउ गरेको छ ।

गाईको बाच्छाको मासु काटिरहेका बेला इलाका प्रहरी कार्यालय, बेलौरीअन्तर्गत पर्ने फटिया प्रहरी चौकीको टोलीले पुनर्वास नगरपालिका–१५ अंशुवर्मा बस्ती कोटिहोमडाँडाका ४० वर्षीया सानुमाया तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ र ४० वर्षीय काले तामाङलाई रङ्गेहात पक्राउ गरेको हो ।

“घटनास्थल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीअन्तर्गत पर्ने हुँदा थप अनुसन्धानका लागि इप्रका त्रिभुवनबस्तीमा बुझाएका छौँ” बेलौरी इप्रकाका प्रहरी निरीक्षक भरत चौधरीले भन्नुभयो ।

पक्राउ परेका तीनै अभियुक्तविरुद्ध गौ हत्यासम्बन्धी मुद्दा चलाइने उहाँले बताउनुभयो । गौ हत्या गर्नेलाई १२ वर्षसम्म कैदको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर