Aamsanchar

पूर्वाञ्चलमा ५ हजार औषधि पसल विना दर्ता सञ्चालनमा

Author Image
आइतवार, असोज ९, २०७३

बिर्तामोड ।

medicine-577x433

औषधि व्यवस्था बिभाग क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख शम्भू शाहले पूर्वाञ्चलमा ५ हजारको हाराहारीमा विना दर्ता औषधि पसल सञ्चालनमा रहेकाले तत्काल तिनीहरुलाई बन्द गराइने बताउनुभएको छ ।

औषधि व्यवस्था विभागमा कार्यालय प्रमखका रुपमा आए लगत्तै उहाँले सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउनुभएको हो । औषधि जस्तो संवेदनशील क्षेत्रमा विकृति बढेको जनगुनासो आइरहेको छ त्यस्लाई नियन्त्रण गर्न यसैसाताबाट कार्यालयले ठोस् कदम चाल्छौ उहाँले भन्नुभयो ।
पूर्वाञ्चलमा ३५ सय औषधि पसल दर्ता भएर सञ्चालनमा आएपनि कतिपय औषधि पसलेले अरुको नाममा दर्ता भएको कागजात देखाएरपनि औषधिको कारोवार गरिरहेको उजुरी आएको छ यदि त्यस्तो पाइएमा कडा कारवाही गर्छाैं शाहाले भन्नुभयो ।
आफ्नो मुख्य काम नै विना दर्ता सञ्चालनमा आएका औषधि पसललाई बन्द गराउने, भाडाका लाइइसेन्सधारी व्यक्तिलाई कारवाही गर्ने , लागू तथा मनोदीपक औषधिको तथ्याङ्क नराख्ने तथा लागू औषध प्रयोग कर्तालाई औषधि बेचेको पाइए लागू औषध वेचविखन तथा ओसारपसर मुद्दामा कारवाही अगाडि बढाउने हो शाहले भन्नुभयो । एलोपेथिक औषधि पसलबाट आयुर्वेदिक प्रणालीका र आयुर्वेदिक औषधि पसलबाट एलोपेथिक प्रणालीका औषधि वेच विखन गरिरहेको जनगुनासो बढेको छ यदि त्यस्तो पाइएमा पनि कारवाही हुन्छ उहाँले भन्नुभयो ।
औषधि व्यवस्था विभागले ग्रामीण क्षेत्रमा काम गर्न नसकेको र सहर केन्द्रीत मात्र बनेको हुँदा अब हामी ग्रामीण क्षेत्रमा केन्द्रीत हुन्छौ शाहले भन्नुभयो – औषधिको उपयोगीता सम्वन्धी भ्रामक, वा झुटा प्रचारप्रसार गर्नेलाई समेत औषधि ऐन अन्र्गत कारवाही गर्न आफू पछि हट्दैनौं ।
झापामा मात्रै थोक र खुद्रा गरी १६ सय भन्दा बढी औषधि पसल सञ्चालनमा रहेको र ६ सयले मात्र सम्वन्धन लिएकाले दर्ता नभएका औषधि पसललाई कारवाही प्रक्रिया अघि बढाउछौ शाहले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर