Aamsanchar

सकियो एनसेल मेला

Author Image
आइतवार, असोज ९, २०७३

बिर्तामोड।

DSC_0156-copy-1

बिर्तामोडस्थित कनकाई एजुकेशन फाउण्डेशनको प्राङ्गढमा आयोजना गरेको एनसेल मेलामा झापाबासीले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलको रि—ब्राण्डिङ पश्चात विभिन्न ठाउँमा आयोजना गरेको एनसेल मेला अन्र्तगत आज भएको मेलामा झापावासीले मनोरन्जन लिएका हुन् ।

एनसेलले नजिकिंदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न मेला आयोजना गरिएको हो । मेलामा हजारौ दर्शकको सहभागीता थियो ।
यस अघि एनसेल मेला नारायणगढ, पोखरा, बुटवल धरानमा पनि सम्पन्न भइसकेको छ । बिर्तामोडमा शनिवार आयोजना गरेको मेला संगै एनसेल मेला सकिएको छ । मेलामा आगन्तुकहरुले उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए ।

चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न पे्ररित गरेका थिए भने हाँस्य कलाकार सन्दिप क्षेत्रीले हास्यव्यङ्ग्य मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी, कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए ।
मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्सपिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो ।

सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर