Aamsanchar

दुर्घटनामा एकको मृत्यु, चार घाइते

Author Image
आइतवार, असोज ९, २०७३

मोरङ ।

1427001970_accident

मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् ।

विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको हो ।

तीनजना सवार सो मोटरसाइकलको पछाडि बसेका कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र पछाडि सवार उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएका छन् ।

घाइते सबैको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१