Aamsanchar

छुर्पीको मागसँगै मूल्य पनि बढ्यो

Author Image
आइतवार, असोज ९, २०७३

ताप्लेजुङ:

taplejug-photo-churpi-57e7656bd6b160.36015582

ताप्लेजुङमा उत्पादित छुर्पीको मूल्य बर्सेनि बढ्दै गएको छ । नेपालमा मात्र नभई युरोप, अमेरिकाबाट समेत छुर्पीको माग उच्च भएपछि मूल्य पनि अकासिएको व्यवसायी बताउँछन् ।

दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको चौंरीको दूधबाट उत्पादित छुर्पीको मूल्य अहिले एक हजार रुपैयाँ पुगेको छ । दुईचार वर्षको अन्तरालमै छुर्पीको मूल्य झन्डै तेब्बरले बढेपछि यसका पारखी चकित छन् ।

हिमाली भेगका घाँसे मैदानमा चर्ने चौंरीको शुद्ध दूधबाट बनाइने ताप्लेजुङको छुर्पी अत्यन्तै स्वादिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक भएकै कारण नेपालमात्र नभई जापान, अमेरिका, हङकङ, बेलायतलगायतका मुलुकमा समेत माग बढिरहेको सम्बन्धित व्यवसायीको भनाइ छ । बढ्दो माग तर उत्पादनमा कमी आएका कारण छुर्पीको मूल्य बर्सेनि उकालो लागेको ताप्लेजुङका छुर्पी व्यवसायी ग्युर्मे शेर्पा बताउँछन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा चौंरी पालेर दूध प्रशोधन गरी छुर्पी बनाउँदै आएका निमा शेर्पा एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्ने बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर