Aamsanchar

प्राधिकरण निर्देशक समितिको बैठक निष्कर्ष बिहिन

Author Image
आइतवार, असोज ९, २०७३

काठमाडौँः

Puspakamal-Dahal-Prachanda-57e7811143ad05.37149657

आइतबार बसेको पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुनः बस्ने गरी स्थगीत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा व्यक्त गरे ।

बैठकमा अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवले पुनःनिर्माणका विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे रिपोर्टिङ गरेका छन् ।

बैठकमा प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राखेका थिए । समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१