Aamsanchar

टेलिफोनमा मासिक रु डेढ करोड

Author Image
आइतवार, असोज ९, २०७३

girl-calling-phoneबाबियाचौर (म्याग्दी) ।

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् ।

नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो । टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक एक करोड रु १५ लाख बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् । टेलिकम, म्याग्दीले मासिक रु २० लाखको हाराहारीमा टेलिफोन महसुल सङ्कलन गर्छ । यो तथ्याङ्क पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो ।

ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते टे«ड बेनीका सञ्चालक केशवराज आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर