काठमाडौं ।
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए ।
त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।
दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।
घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।अनलाईखबरबाट