Aamsanchar

संगीतकार फुर्वाको उपचारमा यूएईका झापालीले गरे सहयोग

Author Image
सोमवार, असोज १०, २०७३

furwa y

[भरत शिवाकोटी]

युएई ।

नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन ।

न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी हस्पिटल, विर्तामोडमा उपचार गराइरहेका योञ्जनलाई युएईबाट नेपाल घर बिदामा आएका झापाली समाज युएईका प्रवक्ता रामप्रसाद ढुंगेलले गत शनिबार अस्पतालकै शैयामा १४ हजार ५० रुपैंया नगद सहयोग हस्तान्तरण गरेका हुन ।

झापाली समाज यु.ए.ई. को रासअलखेमा क्षेत्रीय समितिका पदाधिकारीहरु तथा सोही स्थानका अन्य सहयोगी व्यक्तित्वहरुले यस अभियानमा सहयोग गरेको समाजका रासअलखेमा क्षेत्रीय समिती अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन ।

३५ वर्षअघि दार्जीलिङबाट नेपाल आएर नेपाली संगीत क्षेत्रमा योगदान गरिरहेका योञ्जन झापाका विभिन्न विधायलयहरुमा कुशल संगीत प्रशिक्षकका रुपमा समेत कार्यरत छन । साहित्यकार तथा उनका सहकर्मी खिलप्रसाद शिवाकोटी तथा अन्य सहयोगीहरु संगीतकार योञ्जनको उपचारमा सहयोग जुटाउन कृयासिल छन भने सँगै उनिद्वारा संगीत हासिल गरेका विधार्थिहरु समेत यस अभियानमा अघी बढेका छन ।

योञ्जनका भुतपुर्व विधार्थी रमेश विश्वनाथ बरालले झापाली समाज यु.ए.ई.का केन्द्रीय सदस्य रोशन दाहाल लाई संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको अवस्था बारे जानकारी गराउँदै सहयोगको अपिल गरेपछि झापाली समाज यु.ए.ई. ले सहयोग उपल्ब्ध गराएको जानकारी प्रवक्ता ढुंगेलले दिएका छन ।

स्मरण रहोस, झापाली समाज यु.ए.ई. ले विभिन्न समयमा झापा केन्द्रित सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१