Aamsanchar

निलडेविट कटुवाल अब फेसन डिजाइनर पनि

Author Image
सोमवार, असोज १०, २०७३

nil devit

काठमाडौँ ।

स्थापित हेयर स्टाइलिसको परिचय बनाउनुभएका निलडेविट कटुवाल अब फेसन डिजाइनिङको क्षेत्रमा पनि सक्रिय हुनुुहुने भएको छ ।

सोमबार काठमाडौँमा उहाँले तयार गर्नुभएका पहिरनहरु ‘ट्रङ्क’ शो मार्फत सार्वजनिक गरिएको छ । उहाँले भारतको कोलकात्ताका स्थापित फेसन डिजाइनर अनु खेमकासँग सहकार्य गरी पर्सियन (फारसी) पहिरन तयार गर्नुभएका पहिरन सार्वजनिक गरिएको हो ।

नेपालका व्यावसायिक मोडलहरु निलडेविटले तयार गर्नुभएका पहिरन शोमा प्रस्तुत भएका थिए ।

धेरैजसो महिलाका पहिरनलाई प्राथमिकता दिइएको पहिरन पार्टी वेयर, लेहेङ्गा, कुर्तासुरुवाल र सारी रहेका छन् ।

उहाँको अर्को फेसन सो अक्टोबर १४ अर्थात् असोज २८ गते कोलकात्ताको ताज बङ्गाल होटलमा हुने भएको छ ।

nil

उहाँले अब चाँडै नै ‘एनडिके एन्ड सिफन फेसन वेयर ब्रान्ड’ काठमाडौँमा सञ्चालन हुने बताउनुभयो । ‘‘आफ्नो ब्रान्ड नेपालमा स्थापित गरी नेपाली मौलिकतालाई विशेष ध्यान दिएर अन्तर्राष्ट्रिय बजारमा पनि चिनाउने सपना छ” – निलडेविटले भन्नुभयो ।

नेपालमा फेसन डिजाइनिङको कलेज खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको कोर्ष सिकाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर