Aamsanchar

मेची भन्सारले उठायो छ अर्ब ८४ करोड ३३ लाख

Author Image
सोमवार, असोज १०, २०७३

mechi vansarभद्रपुर ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
गएको वर्ष लक्ष्यको १०६ प्रतिशत प्रगति गरेको कार्यालयले आव २०६८÷६९ मा लक्ष्यको १३५ प्रतिशत प्रगति गरि रु दुई अर्व ४४ करोड ४८ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो ।

अहिले भन्सार राजस्व बढेको देखिए पनि आव २०६९÷७० मा १०६ प्रतिशत, आव २०७०÷७१ मा १०३ प्रतिशत, २०७०÷७१ मा ११३ प्रतिशत र आव २०७१÷७२ मा १०२ प्रतिशत मात्र प्रगति हासिल गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर