झापा ।
जिल्ला बजार अनुगमन समिति झापाले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । नजिकिदै गरेको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बजार व्यवस्थापन, अनुगमन एवम मूल्याकन समितिको बैठकले बजारमा हुने सक्ने अभावलाई सहज तथा सरल बनाउन उद्देश्यले सरोकारवालासंग गरिएको छलफलमा झापाका बजार अनुगमनलाई तिव्रता दिने निर्णय गरेको हो । छलफलमा चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायलाई तत्काल पक्राउ गरी कार्वाही गरिने निर्णय भएको छ ।
बजार अनुगमनलाई स्थानीय नगरपालिकाले सहकार्य गर्ने र अनुगमनका क्रममा व्यापारीले नगरपालिकाको निर्देशन नमाने प्रशासन कार्यालय झापाले त्यस्तो व्यापारीलाई कानुन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले बताउनुभयो ।