Aamsanchar

दुर्घटनामा १७ को मृत्यु, २० घाइते, हेलिकोप्टरबाट उद्धार

Author Image
मङ्गलवार, असोज ११, २०७३

27092016022625marpak-1000x0

झापा ।

मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना सख्त घाइते छन् । सख्त घाईते ६ जनालाई सानो हेलिकप्टर मार्फत उपचारार्थ काठमाडौं लगिएको छ ।

बिहान सदरमुकामको मिलनटोलबाट ३५ जना टिकट काटेका यात्रु लिएर किङ्गताङ्गफेदीका लागि छुटेको ना ४ ख ३३१८ नंबरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको धादिङ जिल्लाका प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईले जानकारी दिएका छन् । बसपार्कबाट ३५ जना बोके पनि बीच बाटोमा अरु थपिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका उत्तरी भेकका सत्यदेवी र री गाविसका अधिकांश भुकम्पपीडित यात्रुहरु बसमा रहेको टिकट काउन्टरले जनाएको छ । सेम्जोंग र कटुन्जेबाहेक उत्तरी भेकका री, लापा, सत्यदेवी , तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्गका बासिन्दाहरुले उक्त सडक प्रयोग गर्छन् ।

मिलनटोलस्थित काउन्टरमा सदरमुकाममा बस्ने उत्तरी भेकका आफन्तजनहरुको भीड लागे पनि मृतकहरुको नाम खुल्न नसकेकोले सबै आफन्तजनहरु अन्योलमा परेका छन् । थप १५ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारार्थ सवा २ बजे उद्धार गरी काठमाडौं लगेको सदरमुकामस्थित नेपाली सेनाको देवीदत्त गणले जनाएको छ ।

सत्यदेवीका उद्धारका लागि दार्खास्थित प्रहरी चौकी र जिल्ला प्रहरीबाट मिनीट्रकमा ३० जना प्रहरी पठाइएको प्रहरीले जनाएको छ । टिकटको काउन्टले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिने काउन्टर सञ्चालकले बताएका छन् ।

दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ । प्रहरीका अनुसार दुर्घटनामा परेको बसको रुट परमिट छैन ।  बर्षात्ले बिग्रेको  ग्रामीण सडक मर्मत संभार नभएपछि दुर्घटना भएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर